PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट हुने भएको हो ।

सो समझदारीमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रा।लिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा छुट पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै