prabhu

सनराइज बैंकको क्युआर कोड भुक्तानी सेवा दक्षिणकाली मन्दिर परिसरमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले दक्षिणकाली मन्दिर परिसरमा क्युआर कोड भुक्तानी सेवा संचालनमा ल्याएको छ । बैंकले दक्षिणकाली मन्दिर परिसरमा चैत्र १२ गते बिहीबार क्युआर कोड भुक्तानी सेवा संचालनमा ल्याएको हो । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको सुरुवात नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।
उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्युआर कोडबाट क्युआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ ।
सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्युआर कोडमार्फत भुक्तानी कारोवारको सुरुआत गरिएको हो । क्युआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शङ्करमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायतको उपस्थिति रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै