PRABHU BANK

एकैदिन ८ अर्ब रुपैयाँले बढ्यो बैंकहरुको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ८ अर्ब रुपैयाँले बढेको हो ।

असोज १३ गते बैंकिङ प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएकोमा एकैदिन ८ अर्बले निक्षेप बढेर असोज १४ गते ६५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।

यता बैंकहरुको औसत सीडी रेसियो ७८.५२ प्रतिशत र अन्तरबैंक ब्याजर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै