PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकटको खरिदमा छुट पाउने बैंकले जनाएको छ ।

बैंक र बुद्ध एयरबीच छुट सम्बन्धी समझदारी भएको थियो । सो सम्झैतामा बैंकका नायब महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरेका हुन् ।

साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरूले ८ प्रतिशतको छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै