सानिमा बैंकले सार्वजनिक गर्यो दशैँ धमाका, क्रेडिट कार्डबाट भुक्तानी गर्दा दुई हजारसम्म छुट पाइने

काठमाडौँ । सानिमा बैंकले दशैँ धमाका योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि बडा दशैंको अवसरमा दराजसँग दशैँ धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको हो ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । बैंकको यो अफर असोज ११ गतेदेखि २१ गतेसम्म ११ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्