PRABHU BANK

सानिमा बैंकका ग्राहकहरूलाई सीजी डिजिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सीजी डिजिटलमा छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

जस अन्तरगत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङमार्फत सीजी डिजिटल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई छुट हुनेछ ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा रु १ हजार रुपैयाँ बराबरको क्यास ब्याकको व्यवस्था पनि रहेको छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै