PRABHU BANK

नेपाल बैंकका ग्राहकहरूलाई दराजमार्फत सामान खरिद गर्दा अधिकतम दुई हजारसम्म छुट

काठमाडौँ । नेपाल बैंकका ग्राहकहरूलाई दराजमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा विशेष छुट हुने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिन ई-कमर्स क्षेत्रसँगको साझेदारीलाई विस्तार गर्दै अनलाइन सपिङ प्लेटफर्म दराज केयमु प्रालिसँग भुक्तानी सेवा सम्झौता गरेको छ।

यस सम्झौताअनुसार बैंकका ग्राहकहरूले आफ्नो डेबिट कार्ड प्रयोग गरी अग्रिम भुक्तानी गर्दा सामान खरिदमा १०५ छुट प्राप्त गर्नेछन्, जसको अधिकतम सीमा रु १५ सय तोकिएको छ। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि १५५ छुटको व्यवस्था गरिएको छ, जसको अधिकतम सीमा रु दुई हजार हुनेछ।

नेपाल बैंकले आफ्नो ई-कमर्स साझेदारीलाई निरन्तरता दिँदै ग्राहकहरूलाई डिजिटल भुक्तानीमार्फत थप सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।  यस अफरको फाइदा लिनका लागि ग्राहकहरूले आफ्नो डेबिट वा क्रेडिट कार्डमा ई-कमर्स सुविधा सक्रिय गराउनुपर्नेछ।

यसका लागि ग्राहकले आफ्नो नजिकको नेपाल बैंक शाखामा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्न सक्ने बैंकले जानेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै