PRABHU BANK

एनआईसी एसिया बैंकले स्थापना गर्यो दुई सामुदायिक विद्यालयमा पुस्तकालय

काठमाडौँ । एनआईसी एसिया बैंकले सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । बैंकले झापाको बुद्धशान्ति गाउँपालिका-२ मा रहेको श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका-३ मा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरेको हो ।

बैंकका अनुसार असोज ४ गते आयोजित एक कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यार्थी र बैंकका प्रतिनिधिहरूको सहभागितामा पुस्तकालय भवनको उद्घाटन भएको हो ।

त्यस्तै, बैंकले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण बनाउन पुस्तकालय निर्माण गरिएको जनाएको छ ।

बैंकले यसअघि कैलालीको जोशीपुर गाउँपालिका-१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै