PRABHU BANK

एकैदिन २ अर्ब रुपैयाँले घट्यो बैंकहरुको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो ।

असोज ४ गते बैंकिङ प्रणालीमा ६५ खर्ब १९ अर्ब निक्षेप संकलन भएकोमा एकैदिन २ अर्बले निक्षेप घटेर असोज ५ गते ६५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ ।

सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो दिन ५७ खर्ब ९३ अर्ब रुपैयाँ निक्षप रहेकोमा एकैदिन ३ अर्बले घटेर ५७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

यता बैंकहरुको औसत सीडी रेसीयो ७८.७८ रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै