prabhu

एनएमबि बैंकले गर्यो स्वास्थ्य विमा बापतको १० लाख रुपैयाँ विमा दाबी भुक्तानी

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले विमा दाबी भुक्तानी गरेको छ । बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बीमितले पाउने १० लाख रुपैयाँ विमा दाबी भुक्तानी गरेको हो । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बीमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले शिखर इन्स्योरेन्स मार्फत उक्त भुक्तानी प्रदान गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै