काठमाडौँ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर कटौती गरेको छ । केन्द्रीय बैंकले विश्वव्यापी कोरोना महामारी सुरुवात भएको चार वर्षपछि पहिलो पटक ०.५० प्रतिशत ब्याजदर कटौती गर्ने निर्णय गरेको हो ।
ब्याजदर कटौती भएपश्चात् अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्नेछ ।
समाचार संस्था सीएनबीसीका अनुसार फेडले ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झारेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।
बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछी फेडरलले ब्याजदर कटौतीको निर्णय गरेको सीएनबीसीले जनाएको छ ।