PRABHU BANK

तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले २५ अर्ब तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत असोज २ गते २५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै