राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणालीको विकास गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणालीको विकास गर्ने भएको छ। राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ लागू गर्दै यस्तो व्यवस्था गर्ने भएको हो।

राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धी अनलाइन प्रणाली विकास गरी सो सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछन्।

त्यस्तै, खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्ने व्यवस्था विनियमावलीमा उल्लेख छ।  यो हेर्नुहोस्:

https://www.nrb.org.np

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्