PRABHU BANK

असोज महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् । हालसम्म प्राप्त सूचना अनुसार १९ वटा वाणिज्य बैंकमध्ये १० वटाले ब्याजदर घटाउँदा ८ वटाले स्थिर राखेका छन् भने दुई वटा बैंकले भने ब्याजदर बढाएका छन्।

एभरेष्ट, कुमारी, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् । असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत निर्धारण गरेका छन् ।

त्यस्तै, नबिल बैंक, एनएमबी बैंक, प्राइम बैंक, नेपाल एसबीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबीले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यता, नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएर ५.९५ प्रतिशत र ६.०७ प्रतिशत निर्धारण गरेका छन् । असोजमा ब्याजदर स्थिर राख्नेमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ६.५० प्रतिशत, सिद्धार्थ बैंकले ६.५० प्रतिशत, लक्ष्मी सनराइजले ६.५० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै