PRABHU BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र बुद्ध एयरबीच भएको अनुसार आगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरूले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने सक्नेछन् ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका थिए ।

बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रूपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै