PRABHU BANK

क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने समस्याको समाधान गर्न नेपाल बैंकले ल्यायो नगद निक्षेप मेसिन

काठमाडौँ । नेपाल बैंकले नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने समस्याको समाधान गर्न नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । 

काठमाडौँको न्युरोडस्थित मुख्य शाखा कार्यालयमा पहिलो नगद निक्षेप मेसिनको एक कार्यक्रमकाबीच उद्‌घाटन गरेको हो । 

सो नगद निक्षेप मेसिनको सञ्चालन पछि ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने कम्पनीले जनाएको छ । 

बैंकले नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै