PRABHU BANK

कृषि कर्जाका लागि साढे १४ करोड रुपैयाँ मिलाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । बैंकबाट सस्तो ब्याजदरमा साढे १४ करोड रुपैयाँ कर्जा मिलाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुरा बुढीनन्दा गाउँपालिका वडा नम्बर १ का विष्णु बहादुर कार्की रहेका छन् । 

उनले बैंकबाट कृषि कर्जाका लागि सस्तो ब्याजदरमा साढे १४ करोड रुपैयाँ कर्जा मिलाइदिने भन्दै प्रलोभनमा पारी १७ लाख रुपैयाँ ठगी गरेका थिए ।

विभिन्न बहानामा जाहेरीवालासँग सत्र लाख एकतीस हजार रुपैयाँ लिएर फरार भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै