PRABHU BANK

एकैदिन ३ अर्ब रुपैयाँले बढ्यो बैंकहरुको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ३ अर्ब रुपैयाँले बढेको हो ।

भाद्र २२ गते बैंकिङ प्रणालीमा ६४ खर्ब ८१ अर्ब निक्षेप संकलन भएकोमा एकैदिन ३ अर्बले निक्षेप बढेर भाद्र २३ गते ६४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षप रहेकोमा एकैदिन ३ अर्बले बढेर ५७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

यता बैंकहरुको औसत सीडी रेसीयो ७८.८७ रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै