PRABHU BANK

लक्ष्मी सनराइज बैंकको बुटवल शाखा स्थानान्तरण हुँदै

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले आफ्नो बुटवलमा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकका अनुसार रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ९ मिलनचोकको शाखा हालको स्थानबाट २५ मिटर उत्तरतर्फ रहेको मिलनचोकको कृष बिल्डिङ्गमा स्थानान्तरण हुन लागेको छ ।

बैंकले भदौ ३० गते उक्त शाखा स्थानान्तरण हुने जनाएको छ । साथै, बैंकले यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै