PRABHU BANK

एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता, ग्राहकहरुले विभिन्न सेवामा विशेष छुट पाउने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने गरी सम्झौता भएको हो । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट भएका छन् ।
उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोडमध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्दा सर्जरीमा र आँखा सम्बन्धी कुनैपनि सामानको खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । बैंकले हालसम्म १ सय ८० वटा शाखा, १ सय ३६ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै