PRABHU BANK

कुमारी बैंकका ग्राहकहरुलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरुलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट हुने भएको छ । बैंकका ग्राहकहरुलाई बाँसबारी, काठमाडौँस्थित दि ह्वाइट आर्क डेन्टलमा विशेष छुट भएको हो ।

बैंक र डेन्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै