PRABHU BANK

बैंकहरुले दिने कर्जाको औसत ब्याजदर एकल अङ्कमा झरो

काठमाडौँ । बैंकहरुले दिने कर्जाको औसत ब्याजदर एकल अङ्कमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०-८१ मा बैंकहरुले दिने कर्जाको ब्याजदर ९.९३ प्रतिशतमा झरेको हो ।

सोही अवधिमा वाणिज्य बैंकहरुको आधार दर ८ प्रतिशतमा झरेको छ । आधार दर घटेका कारण कर्जाको ब्याजदर पनि सस्तो भएको छ । बैंकहरुले निक्षेप बढ्दै गएको र कर्जा प्रवाह बढ्न नसकेका कारण ब्याजदर निरन्तर घटाउँदै आइरहेका छन् ।

अहिले बैंक तथा वित्तिय संस्थाहरूमा निक्षेप बढिरहेको छ । हाल बैंकहरुसँग ६ खर्ब १५ अर्ब लगानीयोग्य रकम छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै