PRABHU BANK

एक वर्षमा बैंकहरुबीच ४२ खर्ब माथिको अन्तरबैंक कारोबार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले ४२ खर्ब माथिको अन्तरबैंक कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०-८१ मा बैंक तथा वित्तीय संस्थाहरूले ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तरबैंक कारोबार गरेका हुन् ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोडको कारोबार भएको थियो । त्यसैगरी अघिल्लो वर्षमा वाणिज्य बैंकहरुबीच ३९ खर्ब ४२ अर्ब १५ करोडको अन्तरबैंक कारोबार भएको थियो ।

त्यस्तै, अन्य वित्तीय संस्थाहरुबीच भने ३ खर्ब ५२ अर्ब ७ करोड रुपैयाँ गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै