PRABHU BANK

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत भाद्र २ गते एक खर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले (आज) आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

त्यस्तै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि थप बजारबाट पैसा झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै