PRABHU BANK

एकैदिन २ अर्ब रुपैयाँले बढ्यो बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन २ अर्ब रुपैयाँले बढेको हो ।

साउन २८ गते बैंकिङ प्रणालीमा ६४ खर्ब १७ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन २ अर्ब रुपैयाँले निक्षेप बढेर साउन २९ गते ६४ खर्ब १९ अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन ४ अर्ब रुपैयाँले बढेको छ । साउन २८ गते ५६ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन भएकोमा २९ गते ५६ खर्ब ९३ अर्ब निक्षेप सङ्कलन भएको छ ।

यता औसत सीडी रेसियो ७९.९८ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर घटेर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै