PRABHU BANK

आरम्भ चौतारी लघुवित्तको नाफा ४ करोड बढी, जगेडा कोषमा १६ करोड ७० लाख रुपैयाँ

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । अघिल्लो वर्ष १०.५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर ३.०७ प्रतिशतमा झरेको छ ।

यता, गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा भने ६०.६७ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २ प्रतिशतले घटेर २७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यसले २७ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड ७० लाख रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै