PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई ल्यान्डमार्क होटल एण्ड रिर्सोटमा छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई ल्यान्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र उक्त होटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका डेबिट-क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ एप-ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्यान्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौँ, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त पाउनेछन् ।

त्यस्तै, बैंकका ग्राहकहरुले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्य बेड एण्ड ब्रेकफास्ट, खाना तथा सञ्चालनमा रहेका अन्य सुविधाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्यान्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै