PRABHU BANK

बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन १ अर्ब रुपैयाँले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन १ अर्ब रुपैयाँले बढेको हो ।

साउन १५ गते बैंकिङ प्रणालीमा ६४ खर्ब २७ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप बढेर साउन १६ गते ६४ खर्ब २८ अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन १ अर्ब रुपैयाँले नै बढेको छ । साउन १५ गते ५६ खर्ब ९८ अर्ब निक्षेप सङ्कलन भएकोमा १६ गते ५६ खर्ब ९९ अर्ब निक्षेप सङ्कलन भएको छ ।

यता औसत सीडी रेसियो ७८.६० बाट घटेर ७८.५७ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै