PRABHU BANK

एनआईसी एशिया बैंकद्धारा नयाँ वर्ष योजना सार्वजनिक, डिजिटल भुक्तानीमा २० प्रतिशतसम्म प्राप्त गर्न सकिने

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ को अवसरमा  डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस आकर्षक योजना अन्तर्गत सस्तोडिल ग्यापु मार्केट र प्लेस स्टपग्राप बाट २०७८ वैशाख ३ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका ग्राहकहरूले ई-कमर्शमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई-कमर्श मार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नेपालमा अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई-कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नुहुनेछ ।
साथै बैंकले काठमाडौं म्यारियट होटल र द्रिश्या लाउन्जमा बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजना समेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी मो:मो एप मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकहरूको लागि निःशुल्क रुपमा एक महिनाको लागि Subscription हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ । बैंकले हालसम्म ३ सय ५२ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत आफ्ना ग्राहकहरुलाई बैीकङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै