PRABHU BANK

नेपाल बङ्गलादेश बैंकले गर्यो दुर्घटना बीमा दाबी भुक्तानी

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १५ लाख रुपैयाँ ग्राहक स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको हो ।
स्व. भोज बहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमीक भई काम गर्दा नेपाल बंगलादेश बैंक बाह«बिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । उक्त १५ लाख रुपैयाँको चेक नेपाल बंगलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले स्व. भोज बहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई एक समारोहबीच हस्तान्तरण गरेका हुन् । हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै