DISH HOME

लक्ष्मी बैंकको १२८औं शाखा कार्यलय कास्कीमा, साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औं शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक)मा रहेको यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जानकारी दिएको छ ।
बैंकले हालसम्म १ सय २८ वटा शाखा, ६ वटा एक्सटेन्सन काउन्टर र ५ वटा हस्पिटल सेवा काउन्टर, १ सय ५७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आईरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै