PRABHU BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको वैशाख ८ गते एकीकृत कारोबार हुने

Global IME Bank
  • बैंकिङ संसार
पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार हुने भएको छ । ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको शाख ८ गते बुधबारबाट एकीकृत कारोबार हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई चैत्र १० गते अन्तिम स्वीकृती प्रदान गरिसकेको छ । दुवै संस्थाको गत पौष २९ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि चैत्र २७ गते स्वीकृती प्रदान गरेको थियो ।मर्जर पश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड को नामबाट एकीकृत कारोबार हुनेछ । संस्थाको रजिष्टर्ड कार्यालय पोखरा उपमहानगरपालिका वार्ड नम्बर २६ विजयपुर कास्कीमा रहनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै