PRABHU BANK

५० लाख नाघ्याे ग्लोबल आईएमई बैंकको ग्राहक संख्या, निक्षेप पनि ५ खर्ब रुपैयाँ भन्दा बढी

काठमाडौं । ग्लोबल आईएमई बैंकको ग्राहकहरूकाे संख्या ५० लाख नाघेको छ । स्थापनाकाे १७ बर्षमै बैंकमा ग्राहकहरुको संख्या ५० लाख नाघेको हो ।

बैंकले विभिन्न २१ बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको बैंकले जारी गरेको सूचनामा भनिएकाे छ ।

हालैमात्र बैंकको निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । साथै, पूँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आईएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै