PRABHU BANK

साङ्ग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता भएको छ । बैंक र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अफलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

सो सम्झौतामा साङ्ग्रिला बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारले आफू मातहतका निकायहरूलाई डिजिटलाइजेसन गर्ने क्रममा लैजाँदै गर्दा अफलाइन मार्फत रोक्का-रोक्का फुकुवामा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने बिश्वास लिएको विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले बताएका छन् ।

यस्तै, सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अफलाइन प्रणाली मार्फत रोक्का-रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झन्झटबाट मुक्ति मिल्ने विश्वास लिएको  जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै