PRABHU BANK

नेपाल बैंक र काठमाडौँ महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्झौता

काठमाडौँ । नेपाल बैंक र काठमाडौँ महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ । बैंक र महानगरबीच असार १८ गते काठमाडौँ महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौतामा भएको हो ।

सो सम्झौता अनुसार महानगर अन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छुट सहितको बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

त्यस्तै, सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी र प्राविधिक शिक्षक वा कर्मचारीहरूले बैंकको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिङ सेवा सुविधा पाउनेगरी तलबी बचत खाता खोल्न सक्नेछन् ।

साथै, नियमानुसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्नेछन् ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै