prabhu

पुँजी कोष कम भएका बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुँजी कोष कम भएका बैंकहरूलाई पनि अग्राधिकार सेयर जारी गर्न सक्ने बाटो खोलिदिएको छ । राष्ट्र बैंकले पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ को अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था अनुसार बुधबार एक निर्देशन जारी गर्दै पुँजी कोष कम भएका बैंकहरूलाई पनि अतिरिक्त पुँजी जुटाउन सेयर जारी गर्न दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले बैंकहरूले जारी गर्ने पर्पेच्युअल नन्- क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिन नपाउने लगायतका १२ वटा सर्त तोक्दै अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

अहिले दुई वटा बैंकको टायर वान क्यापिटल तोकिएभन्दा कम रहेको छ भने तीन वटाको त्यही हाराहारीमा रहेको छ । अर्को ५ वटाको काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत थपिने बित्तिकै समस्या हुने भएकाले बैंकहरूले लगानी गर्ने अवस्था नदेखिदा त्यसलाई सम्बोधन गर्न अर्थात् टायर वान क्यापिटल बढाउन राष्ट्र बैंकले नयाँ सुविधा ल्याएको बताइएको छ ।

पुँजी कोष अभावले गर्दा ऋण लगानी गर्न समस्या भइरहेकोले उक्त समस्यालाई समाधान गर्न यस्तो सुविधा ल्याइएको राष्ट्र बैंकको नियमन विभाग प्रमुख गुरु पौडेलले बताए । सञ्चित नोक्सानीमा जानबाट रोक्नका निमित्त बैंकहरूलाई प्राथमिक पुँजीको शतप्रतिशत ऋणपत्र जारी गर्ने सुविधा दिइएको पनि पौडेलको भनाई छ ।

राष्ट्र बैंकले प्राथमिक पुँजीको ५ प्रतिशत भन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका संस्थाहरूलाई बढीमा आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न पनि स्वीकृति दिनसक्ने भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै