PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई मुस्ताङमा रहेको ११ वटा होटलका सेवामा १० प्रतिशतसम्म छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहकलाई मुस्ताङमा रहेको ११ वटा होटलका सेवामा छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूलाई मुस्ताङमा रहेको विभिन्न होटलका सेवामा विशेष छुट हुने भएको हो ।

सो सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, ग्राहक तथा प्रभु बैंकका कर्मचारीहरूले आवास तथा खानामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यसैगरी छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरूले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै