PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको १००औं शाखा कार्यालय कञ्चनपुरमा

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
कञ्चनपुर । नेपाल बङ्गलादेश बैंकले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंकले आफ्नो १००औं शाखा श्रावण २८ गते बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।
 साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले उक्त शाखा कार्यालयसँगै हालसम्म १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै