एनआईसी एसिया बैंकले ल्यायो कर्जा ग्राहकहरुका लागि छुट योजना

काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना कर्जा ग्राहकहरुका लागि छुट योजना सार्वजनिक गरेको छ । बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको हो ।

बैंकले २०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत देहाय भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले साधारण बक्यौता ब्याज रकममा समेत ग्राहकले १५ देखि ३५ प्रतिशतसम्म छूट पाउने जनाएको छ ।

त्यस्तै, मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले उक्त्त योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यस्तो छ बैंकको सूचना: 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्