प्रोग्रेशिभ फाइनान्सको शाखा कार्यालय महोत्तरीमा संचालन, कारोबारको दायरा अभिवृद्धि गरिने

Progressive Finance
  • बैंकिङ संसार
महोत्तरी । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ५, गौशाला बजारमा शाखा कार्यालय मंगलबारदेखि संचालनमा ल्याएको हो । संस्थाको शाखा कार्यालय थप भएपछि १५ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिने भएको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड-१९ को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाले गौशाला नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एटीएम, मोबाइल बैंकिङ, इ-बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी-आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकि तथा सम्पूर्ण रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले सेवा विस्तारका क्रममा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा शाखाहरु सञ्चालन गरी कारोबारको दायरा अभिवृद्धि गर्ने योजना बनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्