PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्री खुल्ला

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुल्ला भएको छ । कम्पनीले भदौ ७ गते सोमबारदेखि १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा पठाउन अनुरोध गरेको छ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै