ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा डिजिटल बैंकिङ साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिल्लीबजार शाखाले वित्तीय तथा डिजिटल बैंकिङ सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा ३० का अध्यक्ष दल बहादुर कार्की, वडा नं २९ का अध्यक्ष कुश ढकाल, वडा नं ३० का वडा सदस्य मनोज कुमार डंगोल, वडा नं ३० का वडा सचिव शम्भु बराल लगायत २ सय जना भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्लेले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवाहरूको बारेमा जानकारी गराएका थिए भने शाखा प्रबन्धक श्रुति हाडाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरूमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो । यस बैंकले मुलुकको ७७ वटै जिल्लाहरुबाट ४६ लाखभन्दा बढी ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ प्रदान गर्दै आइरहेको छ । वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखाहरू मार्फत हरेक वर्ष अभियानकै रुपमा सञ्चालन हुँदै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्