PRABHU BANK

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले थप ३५ अर्ब तान्दै !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन: ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत जेठ ३१ गते ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

अन्तर बैंक ब्याजदर लामो समयदेखि ३ प्रशितभन्दा तल झरेपछि बैंकिङ प्रणालीबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुनेछ ।

त्यस्तै, इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो १४ दिने निक्षेप संकलन उपकरणको असार १३ गते साँवा तथा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै