PRABHU BANK

बङ्गलादेशको आईएफआईसी बैंकले स्थगित गर्यो नबिल बैंकको सेयर बेच्ने निर्णय

काठमाडौँ । नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित भएको छ । बङ्गलादेशको आईएफआईसी बैंकको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बेच्ने निर्णय स्थगित भएको हो ।

आईएफआईसीले नबिल बैंकमा विद्यमान सेयर कायम राख्ने निर्णय गरेको छ । बङ्गलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित गरेको हो । त्यस्तै, जेठ १९ गते बसेको सञ्चालक समिति बैठकले आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको जनाएको हो ।

साथै, खरिदको प्रस्ताव पेश गर्ने संस्थापक सेयरधनीले पनि निवेदन फिर्ता लिएर सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएका जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै