आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

Aarambha Chautari Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । संचालक समितिको मिति असोज १४ गतेको बैठकले शर्मालाई नियुक्ति गरेको हो । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गरेका छन् भने बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ ।
निर्धन उत्थान बैंकमा शाखा प्रमुखको रुपमा कार्य सु रु गरेका उनले मिर्मिरे लघुवित्त, सनराइज बैंक, एनआईसी एसिया बैंकमा विभिन्न विभागका साथै एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआई एशिया लघुवित्तमा स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रही कार्य गरेका थिए ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै