PRABHU BANK

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो ब्याज छुट योजना

काठमाडौँ । एनआईसी एशिया बैंकले ब्याज छुट योजना सार्वजनिक गरेको छ । बैंकले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि विभिन्न ब्याज छुट योजना सार्वजनिक गरेको हो ।

बैंकले १ दिनदेखि १८ दिनसम्म भाखा नाघेका कर्जामा १५ प्रतिशत ब्याज छुट, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेका कर्जामा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिको भाखा नाघेका कर्जामा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । 

बैंकले २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट गर्ने भएको छ ।

साथै, बैंकले साधारण उठ्न बाँकी ब्याज रकममा समेत विभिन्न छुट प्रदान गर्ने उल्लेख गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई केही सहज होस् भन्ने उद्देश्यले विभिन्न ब्याज छुट योजना सार्वजनिक गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै