PRABHU BANK

युनिक नेपाल लघुवित्तको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

 

unique nepal

  • बैंकिङ संसार

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमाससम्ममा ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको नाफा २९३.७८ प्रतिशतले बढी हो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी ७ करोड ७ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष कम्पनीले यसै अवधिमा ६ करोड २ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । जुन गत वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १७.४५ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ११ लाख २ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

गत वर्ष कम्पनी ३ करोड २० लाख सञ्चालन नोक्सानमा रहेको थियो । कम्पनीले असोज मसान्तसम्म २ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५६ करोड करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै