DISH HOME

‘नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध छ’: अध्यक्ष केसी

काठमाडौँ ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ इन्डस्ट्री उर्जामा लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष  केसीले सरकारले अगाडि बढाएको उर्जा उत्पादनको नीतिमा संघले आर्थिक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर नेपालको उर्जा उत्पादनको क्षमताको आधारमा सन् २०३५ सम्म थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य छ ।

सरकारले सन् २०३५ सम्म देशको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब बराबरको आर्थिक लागत लाग्ने लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेकामा त्यसमा बैंकिङ क्षेत्रको पनि बलियो आर्थिक साथ खोजेको छ र केसीले सरकारले बैंकिङ क्षेत्रबाट चाहेको साथ दिन आफूहरु तयार रहेको बताएका हुन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै