PRABHU BANK

घरजग्गा व्यवसायीलाई थप सुविधा दिने राष्ट्र बैंकको निर्णय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीलाई थप सुविधा दिने निर्णय गरेको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो निर्णय गरेको हो ।

राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्ने व्यवस्था गरेको छ ।

बैंकले सार्वजनिक गरेको समीक्षामा उल्लेख भनिएको छ, ‘घरजग्गा कारोबारमा देखिएको शिथिलता, सहकारी क्षेत्रमा देखिएका समस्या, पुँजीगत खर्च अपेक्षित विस्तार हुन नसकेको अवस्था तथा उल्लेख्य सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारी र अध्ययनको लागि विदेश जानुलगायतका कारणले आन्तरिक मागमा अपेक्षित विस्तार हुन नसकेको स्थिति छ । यसले गर्दा नेपालको समग्र आर्थिक वृद्धिदर कम नै रहने देखिएको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै