- बैंकिङ संसार
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा मंसिर १० गते हुने भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति पनि तय गरेको छ ।
सभा गर्नको लागि कात्तिक ३० गते मंगलबार बुक क्लोज गर्ने भएको छ । सोमबार कात्तिक २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।